झापा । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्लामा प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरिएको छ । प्रधानमन्त्री ओलीको गैर संवैधानिक कदमविरुद्ध विरोधमा प्रदर्शन गर्दै जनता समाजवादी पार्टी, झापा जिल्ला समन्वय समितिले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् ।
पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार जनता समाजवादी पार्टीले शुक्रवार झापाको सदरमुकाम भद्रपुरस्थित टे«ड युनियन चोकमा विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेका थिए ।
संसद् विघटनको असंवैधानिक निर्णय मान्दैनौ, निरकुंशता तथा अधिनायकवाद मुर्दावाद भन्दै ब्यानरसहित प्रदर्शनमा उत्रिएका समाजवादीका कार्यकर्ताहरूले सदरमुकाम बजार परिक्रममा गर्दै कोणसभामा परिणत भएका थिए ।
कोणसभा बोल्दै पार्टीका केन्द्रीय सदस्य सूर्यनारायण गणेशले प्रधानमन्त्री ओलीले संसद् विघटन गरी मुलुकलाई ध्वस्त बनाउने खेलमा लागेको आरोप लगाए ।
प्रधानमन्त्री ओली निरंशता तथा अधिनायकवाद तर्फ लागेको आरोप लगाउँदै समाजवादी पार्टीका झापा अध्यक्ष दिपेनवाला राईले संसद् विघटनको निर्णय तत्काल फिर्ता गर्नुमा जोड दिएका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य भक्त खेवाङ, देउकुमार नेम्बाङ, विद्यार्थी नेता दिनेश दंगाल लगायतले मन्तव्य राखेको जनता समाजवादी पार्टीका भद्रपुर नगर अध्यक्ष सत्रुधन चौधरीले जानकारी दिए ।







