कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि आक्रमण भएको छ ।
नेपाली काङ्ग्रेस कोशीका सभापति तथा संसदीय दलका नेता थापा माथि झापाको कनकाईस्थित जामुनबारी चोकमा आज साँझ आक्रमण भएको हो ।
उनको देब्रे आँखाको माथिल्लो भागमा चोट लागेको छ । उपचारपछि थापा आफ्नो निवास फर्किसकेका छन् ।
Advertisement
आक्रमणमा संलग्न विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई प्रहरीेले नियन्त्रणमा लिएको छ । भीआईपी सवार गाडीलाई साइड नदिनु र भीआईपी भनेर चिनेपछि आक्रमण भएको बताइएको छ ।
थापाले आफ्नो ज्यानको कुनै प्रवाह नभए पनि नागिरकको ज्यानको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।
थापा नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै गर्दा आक्रमण भएको जनाइएको छ ।







