झापाको कनकाई नगरपालिका-७ दुर्गापुरस्थित भुकृति माध्यमिक विद्यालयका भुतपुर्व विद्यार्थीहरुको समुहले आर्थिक सहयोग संकलन गरेर आफु अध्यान गरेको विद्यालयमा स्टेज निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरेका छन ।
आज विशेष कार्यक्रमका बीच २०४७ सालदेखि ५३ सालसम्मका एसएलसी परिक्षामा सामेल भएका ६२ जना विद्यार्थीहरुले सहयोग रकम संकलन गरि कुल ६ लाख २८ हजार १ सय १७ रुपैँया खर्चिएर निर्माण गरिएको सुविधा सम्पन्न स्टेजलाई विद्यालय परिवारलाई हस्तान्तरण गरिएको हो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई-८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, समाजसेवी शेरबहादुर थापा, समाजसेवी हरिध्वज खत्री लगायातका अतिथिहरुको सहभागितामा भवन निर्माण समितिका अध्यक्ष नविन बस्नेत, उपाध्यक्ष रामकुमार शेर्पा, सचिव झलक खत्री लगायातले भवन हस्तान्तरण गरेका हुन ।
उक्त अवसरमा यस क्षेत्रको विद्यालयलाई जग्गादान गर्ने दाताहरु तथा समाजसेवी हरिध्वज खत्री, पदमा खड्का र राधा खड्कालाई प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले दोसल्ला ओढ्याएर सम्मान समेत गरेका थिए ।







