लायन्स क्लव अफ बिर्तामोडले हल्दिवारी-२ का दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ ।
हल्दिवारी-२ स्थित राष्ट्रिय एकता प्राथमिक विद्यालयका ११० जना बालबालिकालाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको हो ।
लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष प्रदिप खरेलको अध्यक्षता तथा हल्दिवारी-२ का वडाध्यक्ष शुकलाल राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लायन्स लिडर पूर्व अध्यक्ष सत्यनारायण शर्मा ,सुरज रौनियार, विद्यालयका प्रधानाध्यापक द्वारिका सुवेदीले मन्तव्य राखेका थिए ।
त्यसैगरी हल्दिवारी वडा नं.२ मै रहेको नव सृजना प्राथमिक विद्यालयका ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
लायन्स क्लब अफ विर्तामोडका अध्यक्ष प्रदिप खरेलको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक भिम दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व प्रधानाध्यापक भिमप्रसाद उप्रेती, लायन्स लिडर पूर्व अध्यक्ष सत्यनारायण शर्मा, सुरज रौनियार, संगीता रौनियारको आतिथ्य रहेको थियो ।
दुवै विद्यालयमा भएको कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ बिर्तामोडका सचिव घनेन्द्र खनालले गरेका थिए ।







