झापाको बिर्तामोडमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
पूर्वेली यातायात मजदुर प्रा.लि.को आयोजना र बन्दगी युवा परिवारको सह-आयोजनामा एक दिवसिय कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय झापाको समन्वय रहेको थियो ।
पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको गुनासो आउने गरेकाले त्यसको न्युनिकरणमा सहयोग पुगोस भनेर कार्यक्रमको आयोजना गरिएको पूर्वेली यातायात मजदुर प्रा.लि.का सचिव गणेश कोइरालाले जानकारी दिए ।
उक्त कार्यक्रममा ट्राफिक सचेतनाको बिषयमा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गणेश पौडेलले विभिन्न कारणले सवारी दुर्घटना हुने गरेको बताए । उनले केही दुर्घटना आफैँले हतार गर्दा र लापरवाही गर्दा हुने गरेकको बताएका छन् ।
पूर्वेली यातायात प्रा.लि.का अध्यक्ष हरि प्रसाद बास्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं.३ का वडाध्यक्ष मदन बुढाथोकी, अम्बिर लिंग्देन, बन्दगी युवा परिवारका अध्यक्ष धनसिंह राजवंशी, नेकपा एमाले बिर्तामोड नगर कमिटिका अध्यक्ष सुवास भट्टराई, सचिवालय सदस्य कुमार बुढाथोकी, लेखा कमिटि उपाध्यक्ष दिनेश अधिकारी, वडा नम्बर ३ का पार्टी अध्यक्ष कोसिस घिमिरे, उपसचिव कृष्ण बाराकोटी लगायतको उपस्थिति थियो ।
उक्त कार्यक्रमको सञ्चालन नवीन किशोर बिमलीले गरेका थिए ।







