बाहुनडाँगी जेसीज देशभरका जेसीज शाखाहरूमध्ये उत्कृष्ट शाखा घोषित भएको छ ।
पुस ६ गतेदेखी ८ गतेसम्म इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औ राष्ट्रिय महाधिबेशनबाट जेसीजका १७८ वटा शाखा मध्येबाट बाहुनडाँगीले सन २०२४ को उत्कृष्ट शाखाको अवार्ड प्राप्त गरेको हो ।
त्यस्तै बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँलाई वर्षकै सक्रिय अध्यक्षको अवार्डबाट नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रबिन पोख्रेलले सम्मान गरेका छन् ।
Advertisement
बानियाँले बाहुण्डागी जेसीजको नेतृत्व सम्हालेयता ६१ वटा कार्यक्रम सम्पन्न गरेका छन् ।







