नेपाल जेसीजको अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् ।
सुनसरीको इटहरीमा जारी नेपाल जेसीजको ५१ ओैं राष्ट्रिय महाधिवेशनमा सोमबार बेलुका भएको निर्वाचनमा ७६२ मत प्राप्त गर्दै थापा अध्यक्षमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गरेका छन् ।
मनोहरा जेसीजकी संस्थापक अध्यक्ष रहेकी उनी अघिल्लो बर्ष अध्यक्षमा पराजित भएकी थिइन् ।
Advertisement
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरी उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।







