• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

साहित्यकार डा.चन्द्र गिरीसँग बिर्तामोडमा अन्तरक्रिया, दुई कृति माथि चर्चा


  •    संवाददाता/ शनिबार, पुष ०६, २०८१  

  • साहित्यकार डा.चन्द्र गिरीसँग बिर्तामोडमा साहित्यिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    अमेरिकी सरकारको वातावरण मन्त्रालयका वरिष्ठ सल्लाहकार समेत रहेका साहित्यकार डा.गिरी झापा आएको मौका पारी वीरता रिडर्स झापाले कार्यक्रम आयोजना गरेको हो ।

    Advertisement

    बिर्तामोडस्थित होटल किङ्सबेरीमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार डा.गिरीद्वारा लिखित दुई कृति “मैले नदेखेको सपना” र “संसारको सेरोफेरो” माथि चर्चा समेत गरिएको थियो ।

    Advertisement

    साहित्य सर्जक तथा साहित्यप्रेमी पाठकहरुको उपस्थिति रहेको कार्यक्रममा उनीहरुले साहित्यकार डा. गिरीलाई साहित्य, उनको यात्रा अनुभव र अमेरिका बसाइ बारे विविध जिज्ञासा राखेका थिए ।

    जिज्ञासाहरुलाई सम्बोधन गर्दै साहित्यकार डा.गिरीले अमेरिकाको सरकारी निकायमा उच्च तहमा बसेर काम गर्ने थोरै नेपाली मध्ये आफू पनि एक हुन पाएकोमा खुशी व्यक्त गरेका छन् । जहाँ बसे पनि देश प्रेमले सताइरहने र देशका लागि केही न केही गरिरहन मन लाग्ने उनले बताए ।

    खोटाङमा जन्मेका साहित्यकार डा.गिरीले नेपालबाट बि. एस्सी. साइन्स र बि. एस्सी. फरेस्ट्री तथा थाइल्यान्डबाट एम.एस. र पि.एच.डी.सम्मको औपचारिक अध्ययन पूरा गरेका छन् ।

    कार्यक्रममा साहित्यकारहरु तीर्थ सिग्देल, सन्तोष आचार्य, लीला अनमोल, मिलन सङ्ग्रौला, हरी बराल, डि.जी शर्मा, पत्रकार राजकुमार ओली, साहित्यसेवी केशव मैनाली, सरोज पौडेल, भगिरथ राई, साहित्यानुरागी राज कानागामानी, सैरक मैनाली, टेकनाथ वाग्ले, सुजता गुरुङ, प्रकाश गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

    वीरता रिडर्सका संयोजक तथा पत्रकार तीर्थ सिग्देलले कार्यक्रम बारे प्रकाश पारेका थिए भने ईशा बुक्स एन्ड स्टेशनरी बिर्तामोडका सञ्चालक केशव मैनालीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    उक्त अन्तरक्रियामा साहित्य पोस्टका युरोप संयोजक समेत रहेका कवि डि.जी शर्माले सहजीकरण गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.