• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धुलावारी माविको कब्जामा


  •    संवाददाता/ शनिबार, पुष ०६, २०८१  

  • साविक विजेता झापाको धुलावारी माध्यमिक विद्यालयले पाँचौ मेचीनगर नगरपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड आफ्नो कब्जामा पारेको छ ।

    लगातार तेस्रो पटक मेचीनगर नगरपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गर्दैं धुलावारीले शिल्ड आफ्नो कब्जामा पारेको हो ।

    Advertisement

    मेचीनगर नगरपालिका-२ बाहुनडाँगीस्थित मेची जनसाधारण माध्यमिक विद्यालय परिसरमा पुष ३ देखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सहभागी ५३ वटा विद्यालयलाई पछि पार्दै धुलावारी माध्यमिक विद्यालय २६ स्वर्ण, १२ रजत र ८ कास्य गरि कुल ४६ वटा पदकसहित प्रथम भएको हो ।

    Advertisement

    त्यस्तै १३ स्वर्ण, ८ रजत र १३ कास्य गरी कुल ३४ पदक प्राप्त गर्दैं बालसुबोधिनी मावि दोस्रो तथा ४ स्वर्ण, ४ रजत र ४ कास्यसहित कुल १२ पदक प्राप्त गरी काँकडभिट्टा माध्यमिक विद्यालय तेस्रो भएको छ ।

    प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेती, मेचीनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दीपक बराल, मेचीनगर शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारी, नगरपालिकाका कार्यपालिका सदस्य एवम् सामाजिक विकास समिति संयोजक ह्रदय राजवंशी, वडा नम्वर २ का वडा सदस्य हरिनारायण न्यौपानेलगायतले विभिन्न विधाका विजयी विद्यार्थीलाई शिल्ड, ट्रफी, मेडलसहित प्रमाणपत्र प्रदान गरेका थिए ।

    प्रतियोगितामा मेचीनगरका ५४ वटा विद्यालय सहभागी थिए । जिल्ला खेलकुद विकास समिति झापाको संयोजन, मेची जनसाधारण माध्यमिक विद्यालयको व्यवस्थापन र मेचीनगर नगरपालिकाको आयोजनामा प्रतियोगिता भएको थियो ।

    प्रतियोगितामा छनौट भएका विभिन्न विधाका ११० खेलाडीले जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने छन् । त्यसपछि छनौट भएमा प्रदेश र केन्द्रीय स्तरीय खेलकुद प्रतियोगितामा सहभागी जनाउन पाउने मेची जनसाधारण माविका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईँले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.