• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अनारमनी वितरण केन्द्रमा विद्युत चुहावटको समस्या


  •    संवाददाता/ बुधबार, पुष ०३, २०८१  

  • दश प्रतिशतभन्दा बढी विद्युत चुहावट भएपछि नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रले चुहावट नियन्त्रण अभियान थालेको छ ।

    यसक्रममा वितरण केन्द्रको छड्के निरीक्षण टोलीले ८ वटा विद्युत मिटर जफत गरेको हो ।

    Advertisement

    विद्युत मिटरमा बाइपास गरी विद्युत चुहावट गरिरहेको अबस्थामा हल्दिवारी-१ गोलधापबाट ८ वटा मिटर जफत गरिएको वितरण केन्द्रका प्रशासन प्रमुख प्रकाश विश्वकर्माले बताए । ७ वटा घरबाट र एउटा सिंचाइको मिटरमा बाइपास गरेर विद्युत चुहावट गरेको भेटिएको उनले जानकारी दिए । ग्रामीण क्षेत्रमा हुकिङ गरेर विद्युत चोरी गर्ने क्रम अझै भेटिन्छ भने बाइपास गरेर विद्युत चुहावट धेरैले गरिरहेका छन् ।

    Advertisement

    नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रमा १० प्रतिशतभन्दा बढी चुहावट भएको छ । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन अनुसार चुहावटका कारण अनारमनी वितरण केन्द्रलाई १०.४५ प्रतिशत घाटा लागेको हो । वितरण केन्द्रले अनारमनी ग्रीडसंग १५ करोड ७२ लाख ७५ हजार ८१५ युनिट खरिद गरेकोमा १४ करोड ८ लाख ३६ हजार १६७ युनिटमात्र उपभोक्ताहरुलाई बिक्री गरेको देखिन्छ ।

    आर्थिक वर्ष २०७९/८० मा चुहावट १३.१७ प्रतिशत रहेकोमा यस वर्ष १०.४५ प्रतिशतमा झार्न सफल भएको अनारमनी वितरण केन्द्रका प्रमुख संजीवकुमार साहले बताए । वितरण केन्द्रले १४ करोड ८ लाख ३६ हजार १६७ युनिट बिक्री गर्दा बिक्री मूल्य १ अर्ब ३४ करोड ४० लाख ९३ हजार १५३ रुपैयाँ हुन आउँछ । तर, वितरण केन्द्रले १ अर्ब ३१ करोड ८४ लाख २० हजार ९७३ रुपैयाँ महशुल संकलन गरेको देखिन्छ । जुन ९८.०९ प्रतिशत हो । गत वर्ष महशुल संकलन ९५.४१ प्रतिशत रहेको थियो ।

    अनारमनी वितरण केन्द्रअन्तर्गत ९३ हजार ४१८ ग्राहक रहेका छन् । त्यसमध्ये गार्हस्थतर्फ ७६ हजार ७०८, औद्योगिकतर्फ १३०९, व्यापारिकतर्फ ८४० र अन्यतर्फ १४ हजार ५६१ रहेका छन् । वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि विभिन्न कार्वाही गरेपनि शून्यमा झार्न नसकिएको वितरण केन्द्र प्रमुख साहले बताए ।

    उनले हुकिङ कार्वाही, मिटर छड्के निरीक्षण, हुकिङ गर्दै गर्दा व्यक्तिलाई पक्राउ गरी कार्वाही गरिएको जानकारी दिए । गत वर्ष चुहावट कार्वाही युनिट १ हजार १४६ रहेको र जसबाट ७१ हजार ३३० रुपैयाँ जरिवाना असुल भएको वितरण केन्द्र प्रमुख साहले जानकारी दिए ।

    त्यस्तै विद्युत चोरी गर्दा १३ जना पक्राउ परेका थिए । मिटर छड्के निरीक्षण ३०८, मिटर रिसिलि १५०, हुकिङ थुतेको १३ रहेको छ भने बन्द मिटर बदलीतर्फ सिंगल फेज बदली संख्या ७५२, थ्रीफेज बदली संख्या ३१ रहेको छ । औसत विलिवापत जम्मा ४ लाख १८ हजार ६९ युनिट उठ्दा २४ लाख ८२ हजार ३४४ रुपैयाँ असुल भएको वितरण केन्द्रले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.