• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निता भेटवाल स्मृति प्रतिष्ठानद्वारा १० जना विद्यार्थीलाई नगदसहित सम्मान


  •    संवाददाता/ आइतबार, मङि्सर ३०, २०८१  

  • झापाको बिर्तामोड-१ स्थित निता भेटवाल स्मृति प्रतिष्ठान नेपालले १० जना विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

    प्रतिष्ठानले आयोजना गरेको ‘शान्तिका लागि बुद्धको उपदेश’ शीर्षकको निवन्ध प्रतियोगिताका विजयी प्रतियोगीलाई शनिबार बिर्तामोडमा आयोजित एक समारोहका बीच नगदसहित सम्मान गरेको हो ।

    Advertisement

    निवन्ध प्रतियोगितामा प्रथम हुने देवी माध्यमिक विद्यालयकी छात्रा ज्योति ढुङ्गेल, दोस्रो हुने मोहनमाया माविकी छात्रा एलिना तिम्सिना र तेस्रो हुने शनिश्चरे माविकी छात्रा सन्ध्या खतिवडालाई प्रतिष्ठानले क्रमश: ७० हजार, ५० हजार र ३० हजार नगदसहित सम्मानपत्रले सम्मान गरेको थियो ।

    Advertisement

    यसैगरी छात्रा निर्जला आचार्य, दिप्ती सुवेदी, तृषा सापकोटा, सुस्मिता खतिवडा, आशिका संग्रौला, छात्र सौगात खनाल र रोहन सुनुवारलाई नगद ७ हजारसहित सान्त्वना पुरस्कारका साथ सम्मानपत्रले सम्मान गरिएको थियो ।

    प्रतिष्ठानका अध्यक्ष उमानाथ ओलीको अध्यक्षतामा भएको समारोहका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलगायतले विजेता प्रतियोगीलाई सम्मान गरेका थिए ।

    निता भेटवालका पिता तथा प्रतिष्ठानका संरक्षक विष्णुप्रसाद भेटवालले छोरीको अन्तिम इच्छाअनुरुप अति विपन्न परिवारका छात्र तथा छात्राहरुको अध्ययनमा सहयोग गर्दै आएको बताए । भेटवालले आमाबुवा नभएका बालबालिकाको अभिभावकत्व ग्रहण गर्नेसमेत बताएका छन् ।

    उनले विपन्न परिवारका पढ्न चाहेर पनि नसकेका विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गराउन सहयोगका साथै थप उच्च अध्ययनका लागि समन्वय गर्ने र गरिँदै आएको बताए । प्रतिष्ठानले विपन्न परिवारका ११ जना विद्यार्थीलाई बिर्तामोडकै एक निजी विद्यालयमा सम्पूर्ण खर्च व्यहोर्ने गरी पढाइरहेको प्रतिष्ठानका सचिव माधव विद्रोहीले बताए ।

    व्रेन ट्युमरका कारण २५ वर्षकै उमेरमा ज्यान गुमाएकी निताको स्मृतिमा उनका बुबा विष्णुप्रसाद र आमा विष्णुमाया भेटवालले प्रतिष्ठान स्थापना गरेका हुन् ।

    समारोहमा प्रमुख अतिथि मन्त्री कार्की, अर्जुनधारा नगरपालिकाका प्रम्ख मेयर बलदेवसिंह गोम्देन तामाङ, परिवारका सदस्य अमरदीप भेटवाललगायतले प्रतिष्ठानले शिक्षा क्षेत्रमा अत्यन्त उपयोगी कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

    निवन्ध प्रतियोगिता संयोजन समितिका सदस्य डा.ठाकुरप्रसाद पोखरेलले निबन्ध प्रतियोगिता सञ्चालनका विषयमा जानकारी गराएको समारोहमा निवन्ध प्रतियोगिताका बिजेताहरुको नाम शिक्षासेवी होम सुवेदीले घोषणा गरेका थिए ।

    प्रतिष्ठानका अध्यक्ष ओलीले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको समारोहको सञ्चालन प्रतिष्ठानका सचिव माधव विद्रोहीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.