• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नकारात्मक विचारबाट यसरी उम्किने?


  •    संवाददाता/ सोमबार, मङि्सर २४, २०८१  

  • वरपरको माहोल, मानिसको व्यवहार र जीवनमा पटक-पटक बदलिने परिस्थिति नकारात्मक विचारको कारण बन्न थाल्छ । अन्य मानिसबाट प्रभावित भएर आफूलाई कुनै प्रश्न गरी चुपचाप बस्ने हो भने नकारात्मकताको बाटो लम्बिंदै जान्छ । यसले सोच्ने विचारमा नकारात्मकता मात्र ल्याउँदैन । व्यवहारमा पनि परिवर्तन ल्याउँछ ।

    यी परिवर्तन जीवनका लागि पक्कै राम्रो होइन । यही नकारात्मक विचार हाबी हुँदै जाँदा मानिसलाई जीवनको लक्ष्य प्राप्तिमा कठिनाइको सामना गर्नुपर्ने हुन्छ ।

    Advertisement

    विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार सन् २०१५ को तथ्यांकअनुसार विश्वभर ३० करोड मानिसमा डिप्रेसनको समस्या देखिएको थियो । जसमा १५ देखि ४९ वर्ष उमेर समूह ग्रस्त हुन्छन् । नकारात्मक विचार तब हाबी हुन्छ । जब मानिसले जीवनमा सत्यलाई स्वीकार गर्न नसकी नकारात्मकतातर्फ लाग्न थाल्छ । यसबाहेक कहिलेकाहीं अरू मानिसमा बढ्दो निर्भरताले कमजोरी र नकारात्मकता निम्त्याउन थाल्छ ।

    Advertisement

    नकारात्मक भावनाबाट कसरी जोगाउने?

    सन्तुष्ट हुन सिक्ने

    हरेक मानिसको जीवन एकअर्का भन्दा फरक हुन्छ । उसको सुख र दु:ख पनि अर्को व्यक्तिको भन्दा फरक हुने गर्छ । यस्तो अवस्थामा मानिसको तुलनात्मक व्यवहारले उसको जीवनमा नकारात्मकता आउन थाल्छ ।

    आफूलाई खुसी राख्न, आफूसँग जे छ र कति छ त्यसमा सन्तुष्ट हुने प्रयास गर्नुपर्छ । भनिन्छ नि, ‘खाली दिमाग सैतानका घर’ । त्यस्तै, मानिस आरामको जीवन बिताइरहेको छ । ऊसँग गर्ने केही काम छैन भने पनि दिमागमा अनेकौं विचारले अप्रत्यक्ष रुपमा तनाव पारिरहेको हुन्छ । त्यसैले आफूलाई व्यस्त राख्ने प्रयास गरेमा पनि दिमाग नकरात्मकतातिर ढल्न पाउँदैन ।

    जबर्जस्ती काम सही बनाउन जोड नदिनु

    कुनै कामलाई सही बनाउन आवश्यकताभन्दा बढी समय बर्बाद गर्ने बानी धेरैको हुन्छ । यसले गर्दा एकातिर मनमा अपराध बोध बढ्न थाल्छ भने अर्कोतिर दूरी र नकारात्मकता बढ्न थाल्छ । हरेक अवस्थामा आफूलाई खुसी राख्ने प्रयास गर्नुपर्छ ।

    अरूको विचारले आफूलाई प्रभाव पार्न नदिने

    परिवार, आफन्त वा साथीभाइ अनुसार जीवन बाँच्न र आफ्नो जीवनको जिम्मेवारी आफैं लिनुपर्छ । अरूको विचारधारा र दृष्टिकोणले आफूमा प्रभाव हुन दिनु हुँदैन । उनीहरूको मन नपर्ने कुरालाई बेवास्ता गर्ने र आफ्नो इच्छाअनुसार आफ्नो जीवन जिउन सिक्नुपर्छ । अरूले भनेको कुराको आधारमा निर्णय लिने होइन, कुरा सुन्ने तर स्वयंको दिमाग र मनबाट आएको विचार विमर्श गरी निर्णय लिनु उपयुक्त हुन्छ ।

    अरुको भनाइलाई बेवास्ता गरेर अगाडि बढेर नकारात्मकताबाट बच्न सकिन्छ ।

    तुलनात्मक व्यवहारले नकारात्मकता बढाउँछ

    आफ्नो जीवनलाई अन्य व्यक्तिको जीवनसँग तुलना गरेर मनलाई खिन्न पार्नु हुँदैन । आफूभन्दा राम्रो अवस्था भएकोसँग दाँज्नुको सट्टा आफूभन्दा तल्लो अवस्थाको जीवन बिताइरहेको हेरेर चित्त बुझाउनुपर्छ ।

    अरुको खुसीमा दु:खी नभई खुसी हुन सिक्नुपर्छ । यसले जीवनमा सकारात्मकता बढाउँछ । आफूलाई अरूभन्दा अगाडि राख्ने प्रयास गर्नुहुँदैन । आफ्नो आवश्यकतालाई ध्यानमा राखेर जीवनमा अगाडि बढ्ने प्रयास गर्नु नै सकारात्मकता लैजाने दरिलो कदम हो ।

    स्वयंलाई प्रेम गर्ने

    अरुको राम्रो स्वरुप, हाउभाउ हेरेर आफू खिन्न हुने होइन । आफूलाई नै प्रेम गर्न सक्नुपर्छ । स्वस्थ, तन्दुरुस्त, चुस्त दुरुस्त कसरी रहने त्यसमा ध्यान दिनुपर्छ । आफू स्वस्थ सफा र राम्रो भएमा भित्रैबाट आत्मबल बढेर आउँछ ।

    त्यसका लागि व्यस्त राख्ने, खानपान, स्वास्थ्यलाई ध्यान दिने, योग र व्यायामलाई दैनिकी बनाउने लगायत सामान्य अभ्यास गर्न सकिन्छ ।

    नकारात्मक मानिसबाट टाढा रहने

    आफ्नो व्यवहार उचित राख्न नकारात्मक बोल्ने व्यक्तिबाट पनि टाढा रहनुपर्छ । कसैले गरेको कुरा मन परिरहेको छैन भने मन परेन भन्ने हिम्मत आफूसँग हुनुपर्छ । त्यति पनि नसके नकारात्मक कुरा भइरहेको ठाउँ छोडेर हिंड्न सकिन्छ ।

    आफ्नो क्षमता थाहा पाएर लक्ष्य बनाउने

    यदि एक व्यक्तिले आफ्नो क्षमता भन्दा बाहिर लक्ष्य एकपछि अर्को गर्ने सोच बनाउँछ भने पूरा गर्न नसकेमा दु:खी भई दिमागमा नकारात्मकताको मात्रा बढ्न थाल्छ । त्यसैले क्षमता र आफ्नो आवश्यकतालाई ध्यानमा राख्दै त्यस अनुसार कुनै पनि लक्ष्य बनाएमा सफलता मिल्न सक्छ ।

    स्वस्थ बिहानको दिनचर्याबाट सुरुवात

    कुनै काम छैन । एउटै कुरालाई लगातार सोचिरहने हो भने बिहानको समयदेखि नै चिन्ता बढ्न थाल्छ, दिन बिग्रिन्छ ।

    स्वस्थ दिनको सुरुवात गर्न योग र व्यायाम गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ । प्रकृतिको नजिक केही समय बिताउने, बिहानको खाजामा पौष्टिक खाना खाने गर्ने हो भने दिमाग सकारात्मकताले भरिन थाल्छ । दिन चङ्गा हुन्छ । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.