हल्दिबारी प्याब्सनको आयोजनामा अन्तर विद्यालय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
प्याब्सन हल्दिबारी अध्यक्ष याम दंगाल सरोवरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन रहेका थिए ।
उक्त अवसरमा समाजसेवी पूर्व शिक्षक एवं अञ्चल न्यायाधीश नन्दप्रसाद पौडेललाई कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
हल्दिबारी गाउँपालिका भित्रका ८ वटा प्याब्सनसँग आबद्ध विद्यालयले भाग लिएको कार्यक्रममा आधुनिक नित्य, राष्ट्रिय नित्य र सांस्कृतिक नित्य साथै १२ बर्ष मुनि र १२ वर्ष माथीका विद्यार्थी बीच गायन प्रतियोगिता गरिएको थियो ।
आधुनिक नित्य तर्फ कृष्ण सागर इंग्लिश स्कूल प्रथम, क्यानरी एकेडेमी दोस्रो र जसोधा इंग्लिश स्कूलका विद्यार्थीहरु तेस्रो भएका थिए ।
त्यसैगरी राष्ट्रिय नित्य तर्फ क्यानरी एकेडेमी प्रथम, सिग्मा इंग्लिश स्कूल एवं चिल्ड्रन गार्डन एकेडेमी दोस्रो र समस्करा शिक्षा सदन तेस्रो बन्न सफल भएका छन् ।
त्यस्तै सांस्कृतिक नित्य तर्फ जसोधा इंग्लिश स्कूल प्रथम, सनशाइन इंग्लिश स्कूल दोस्रो र सिग्मा इंग्लिश स्कूल तेस्रो भएका थिए भने १२ वर्ष मुनिको गायक प्रतियोगितामा प्रथम सिग्मा इंग्लिश स्कूल, दोस्रो क्यानरी एकेडेमी र तेस्रो समस्करा शिक्षा सदनका विद्यार्थी भएका थिए ।
त्यसैगरी १२ वर्ष माथिको गायनमा प्रथम क्यानरी एकेडेमी, दोस्रो सिग्मा इंग्लिश स्कूल र तेस्रो चिल्ड्रन गार्डन एकेडेमीका विद्यार्थी हुन सफल भएका थिए । विजयी विद्यार्थी एवं विद्यालयलाई ट्रफी, मेडलसहित कार्यक्रममा सम्मान गरिएको थियो ।







