• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा तीन उत्कृष्ट प्रतिभालाई सम्मान


  •    संवाददाता/ बिहिबार, मङि्सर २०, २०८१  

  • लाल भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले तीन जना उत्कृष्ट प्रतिभाहरूलाई सम्मान गरेको छ ।

    आज प्रतिष्ठानले मेचीनगर-११ स्थित जालपा सामुदायिक भवनमा छैठौं वार्षिकोत्सव एवम् सम्मान कार्यक्रममा उत्कृष्ट कृषक, उत्कृष्ट गृहिणी र राष्ट्रिय प्रतिभाहरुलाई नगदसहित सम्मान गरेको हो ।

    Advertisement

    सम्मानित हुनेहरुमा उत्कृष्ट कृषक मेचीनगर नगरपालिका-५ कि अनिताकुमारी कार्की, उत्कृष्ट गृहिणी बुद्वशान्ति गाउँपालिका-५ कि रेणुका संग्रौला चापागाईं र राष्ट्रिय प्रतिभा पुरस्कारबाट मेचीनगर नगरपालिका-७ का देबेन्द्र खरेल रहेका छन् । उनीहरू नगद जनही ३१ हजार रूपैयाँसहित सम्मान गरिएको हो ।

    Advertisement

    पुरस्कृत ५७ वर्षीया उत्कृष्ट कृषक कार्की शिक्षण पेशाबाट निवृत जीवनलाई सदुपयोग गर्दे परम्परागत रुपमा हुँदै आएको निर्वाहमुखी करेसाबारी खेतीलाई व्यवसायिक कृषिमा रुपान्तरण गरेकी छन् ।

    यसैगरी ४३ वर्षीया उत्कृष्ट गृहिणी चापागाईं आफ्ना सन्तानको पालनपोषण गर्ने, ज्येष्ठ नागरिकको स्याहार, उपचार र संरक्षणमा सदैव काम गरिरहेकी छन् । वृद्व अवस्थाका दुवैजना क्यान्सर पीडित सासु र ससुराको नियमित उपचार र हेरचाह गरिरहेकी छन् ।

    त्यस्तै ५१ वर्षीय राष्ट्रिय प्रतिभा खरेल मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष, वाइल्डलाइफ फोटोग्राफर, फोटो पत्रकार र सामाजिक अभियन्ता हुन् ।

    यस्तै प्रतिष्ठानले ८० वर्षमाथिका दुई जना दम्पत्तिलाई समेत नगदसहित सम्मान गरेको छ । मेचीनगर-११ का ८६ वर्षीय भिमप्रसाद चापागाई र ८८ वर्षीया विष्णुमाया चापागाई नगद एकहजार २ सय, खाद्यान्नसहित सम्मान गरिएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय योजना आयोगकी सदस्य एवम् दमक नगरपालिकाकी पूर्व उपमेयर गीता अधिकारीले यो कार्यक्रमले युवा वर्गहरुलाई पूर्खाहरुको सम्मान गर्नुपर्छ भन्ने पाठ सिकाएको बताएकी छन् ।

    प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, वडा नम्बर ११ का वडाध्यक्ष रुद्र डाँगी, पत्रकार चन्द्र भण्डारी, सम्मानित व्यक्तित्वहरु देबेन्द्र खरेल, अनिताकुमारी कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    लाल भागिरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष बानियाँ र सदस्य आशा बानियाँ उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

    प्रतिष्ठानका उपाध्यक्ष मनोज बानियाँले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डम्बर देउजाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.