नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले ३८ जना कर्मचारीलाई सम्मान गरेको छ ।
एनएमसीले संस्थाको ३२ औं बार्षिक साधारणसभाअन्तर्गत शनिबार बिर्तामोडमा आयोजित माइन्यूट प्रमाणित सभाको अवसर पारेर बिभिन्न बिधामा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको हो ।
संस्थाले माइन्यूट प्रमाणित सभामा आर्थिक बर्ष २०७९/०८० र ०८०/०८१ मा बिभिन्न बिधाका उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको जनाएको छ । आर्थिक बर्ष २०७९/०८० मा सम्मानित हुने उत्कृष्ट कर्मचारीहरुमा नवराज अधिकारी, सुनिता दाहाल, अनुपमा आचार्य, रिता श्रेष्ठ, सुवास खतिवडा, देबीका दंगाल रहेका छन् । उनीहरुमध्ये वर्ष उत्कृष्ट कर्मचारी नवराज अधिकारीलाई नगद २५ हजार र अन्यलाई जनही नगद १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
यसैगरी २०७९/०८० मा १० बर्ष पूरा गर्ने १४ जना कर्मचारीलाई दीर्घ सेवा सम्मान गरिएको छ । उनीहरुलाई ५० ग्राम चाँदीको सिक्कासहित सम्मान गरिएको हो ।
त्यस्तै आर्थिक बर्ष २०८०/०८१ मा वर्ष उत्कृष्ट कर्मचारीको रुपमा राकेश हरिजनलाई सम्मान गरिएको छ । उनलाई नगद २५ हजार र सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट कर्मचारीका रुपमा नविना चम्लागाई, मेघनाथ न्यौपाने, सोनम शेर्पा, कृष्पना खरेल, बसन ठकुरी, रिता भट्टराईलाई जनही नगद १५ हजारसहित सम्मान गरिएको थियो ।
त्यसैगी १० बर्ष पूरा गरेका ९ जनालाई ५० ग्राम चाँदीको सिक्कासहित सम्मान गरिएको छ भने २५ बर्ष पूरा गरेका कर्मचारी गंगाराम तिम्सिनालाई १०० ग्राम सुनको सिक्कासहित सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरको प्रमुख आतिथ्य रहेको थियो ।
उक्त अवसरमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक महेन्द्रकुमार गिरी, जिल्ला समन्वय समिति झापाकी उप-प्रमुख शान्ता रोक्काले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिकी संयोजक रचना दाहालले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
संस्थाकी बरिष्ठ उपाध्यक्ष भगवती घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।
संस्थाले यसअघि गत मंसिर २ देखि ८ गतेसम्म सात स्थानमा इकाईगत साधारणसभा गरेको थियो । आर्थिक बर्ष २०८०/०८१ सम्ममा एक अर्व ४७ करोड ३६ लाख शेयर पुँजी रहेको संस्थामा एक लाख ८३ हजार शेयर सदस्य रहेको संस्थाका अध्यक्ष शिवाकोटीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।







