सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) आजबाट सुरु हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन् । खेल नेपाली समय अनुसार मध्यान्ह १२:१५ बजे कीर्तिपुरमा रहेको टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा इतिहासमा नै पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानमा मैदान उत्रिदा जनकपुरको कप्तानी अनिल शाहले गर्ने छन् । पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ ।
Advertisement







