शनिबारदेखि सुरू हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सबाट खेल्न न्युजिल्याण्डका मार्टिन गप्टिल नेपाल आइपुगेका छन् ।
गप्टिल बिहीबार काठमाडौँ आइपुगेका विराटनगर किङ्सले आफ्नो सामाजिक संजाल मार्फत जनाएको छ । गप्टिललाई स्वागत गर्न विराटनगरका टिम अफिसियलहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
विराटनगरबाट खेल्ने अन्य विदेशी खेलाडीमा क्यानडाका निकोलस किर्टन, ओमानका आकिब इलियास, स्कटल्याण्डका क्रिस सोल र इस्मत आलम छन् ।
Advertisement
नेपाल क्रिकेट संघको आयोजनामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपीएल हुनेछ । विराटनगरले उद्घाटनकै दिन जनकपुर बोल्ट्ससँग खेल्नेछ ।







