सडक अतिक्रमण गरेर बनाइएका धुलाबारी बजारका घर टहराहरु मेचीनगर नगरपालिकाको डोजरले हटाएको छ ।
मेचीनगर नगरपालिका वडा नं.१० स्थित धुलाबारी बजारभित्र सडक अतिक्रमण गरेर बनाइएका घर टहराहरु मेचीनगर नगरपालिकाको डोजरले जनप्रतिनिधि र नगर प्रहरीको उपस्थितिमा आज भत्काइएको हो ।
विश्व बैंकको सहयोगमा धुलाबारीबाट शान्तिनगर जोड्ने सडक फराकिलो रुपमा कालोपत्रे बन्न लागेको छ । त्यस सडकमा परेका अतिक्रमित संरचनाहरु हटाएको जनाइएको छ ।
Advertisement







