• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रथम झापा १ काठमाडौँ कप फुटसलको उपाधि साबिक मेचीनगरलाई, फाइनलमा धाइजन पराजित


  •    संवाददाता/ आइतबार, मङि्सर ०२, २०८१  

  • प्रथम झापा १ काठमाडौँ कप फुटसल प्रतियोगिताको उपाधि साबिक मेचीनगरले जितेको छ । 

    नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौँ सम्पर्क समिति काठमाडौँको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा भएको प्रतियोगिताको फाइनलमा साविक धाइजनलाई ४-३ ले पराजित गर्दै साविक मेचीनगरले उपाधि हात पारेको हो ।

    Advertisement

    निक्कै रोमाञ्चक बनेको खेलमा धाइजनका देवासिस प्रसाईँले ह्याट्रिक गरे पनि उपाधि दिलाउन सकेनन् । प्रथम कार्कीले मेचीनगरलाई सुरुआती अग्रता दिलाएका थिए । तर, देवासिसले धाइजनलाई खेलमा फर्काए । त्यसपछि रोहन कार्कीले लगातार दुई गोल गर्दै अग्रता ३-१ मा पुर्‍याए । तर, देवासिसले अर्को गोल गर्दै धाइजनलाई ३-२ को स्थितिमा ल्याए । लगत्तै प्रथमले अर्को गोल गर्दै मेचीनगरलाई ४-२ को अग्रता दिलाएका थिए ।

    Advertisement

    खेलको अन्त्यतिर देवासिसले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे । तर, उक्त ह्याट्रिकले धाइजन खेलमा फर्किन सकेन । यद्यपि, उनी नै खेलको प्लेयर अफ द म्याच चुनिए । प्रतियोगितामा साविक मेचीनगर र साविक धाइजनसँगै साविकका शान्तिनगर, दुवागढी, बाहुनडाँगी, चन्द्रगढी र ज्यामिरगढीले सहभागिता जनाएका थिए ।

    मेचीनगरले पहिलो सेमिफाइनलमा बाहुनडाँगीलाई ५-१ ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो भने धाइजनले भने दोस्रो सेमिफाइनलमा ज्यामिरेगढीलाई ३-० ले पाखा लगायो । ज्यामिरेगढीले ‘बाइ’ पाउँदै सिधैं अन्तिम चारमा स्थान बनाएको थियो । तर, उक्त मौकालाई ज्यामिरेगढीले सदुपयोग गर्न सकेन र यहीबाट आफ्नो यात्रा समाप्त गर्‍यो ।

    उपाधिसँगै विजेता मेचीनगरले २१ हजार रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता धाइजनले ११ हजार रुपैयाँमा चित्त बुझायो । उपाधिसँगै मेचीनगरले व्यक्तिगत पुरस्कारमा पनि कब्जा जमायो । प्रतियोगिताको उत्कृष्ट गोलकिपर मेचीनगरका जयश खनाल घोषित भए भने प्लेयर अफ द टुर्नामेन्ट रोहन बूढाथोकी र सर्वाधिक गोलकर्ता अंकित दुलाल रहे । मेचीनगरलाई फाइनलमा पुर्‍याउन अंकितले सर्वाधिक आठ गोल गरेका थिए ।

    उक्त अवसरमा नेपाली कांग्रेसका महमन्त्री विश्वप्रकाश शर्माले निर्णायक समितिमा रहेका नेपाली टोलीका पूर्वप्रशिक्षक तथा पूर्वकप्तान हरि खड्का र अमनप्रताप अधिकारीलगायतले बनाएको उत्कृष्ट खेलाडीको सूचीबाट एक टोली बनाउने जानकारी दिए ।

    विजेता र उपविजेता टोलीसँगै व्यक्तिगत पुरस्कार जित्ने खेलाडी र प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई महामन्त्री शर्माले पुरस्कार वितरण गरेका थिए ।

    विश्वप्रकाशको दुई गोल

    सोही अवसरमा भएको मैत्रीपूर्ण खेलतर्फ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दुई गोलसँगै राजनीतिक दल विजयी भएको छ ।

    राजनीति दलले कलाकारको टोलीलाई ६-१ ले पराजित गरेको हो । शर्माले पहिलो हाफमै दुई गोल गरेका थिए । यस्तै, भास्कर काफ्ले पनि पहिलो हाफमा दुई गोल गर्दा राजनीतिक दलले ४-० को फराकिलो अग्रता लिएको थियो ।

    दोस्रो हाफमा भने तीन गोल भयो । राजनीतिक दलका बालकुमार केसी र रञ्जित तामाङले समान एक-एक गोल थपे भने कलाकारबाट बालकृष्ण निरौलाले गरेको गोल सान्त्वना रह्यो ।

    त्यसैगरी अन्य मैत्रीपूर्ण खेलमा महिला ‘ख’ ले महिला ‘क’ लाई १-० ले पराजित गर्‍यो । महिला ‘ख का लागि युनिशा प्रसाईँले गरेको गोल नै निर्णायक बनेको थियो ।

    त्यस्तै अर्को खेलमा पेसा व्यवसायीले कर्मचारीमाथि ६-२ को सानदार जित हात पारेको थियोे ।

    प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका थिए । उनले यस किसिमका प्रतियोगिताले समाजमा लुकेका प्रतिभालाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । राजनीतिक दलबाट यस्ता गतिविधी हुन सराहनीय भएको उल्लेख गरेका थिए ।

    प्रतियोगिताको उद्घाटन समारोहमा झापा जिल्लाका कांग्रेस, एमाले, राप्रपा, माओवादीसहित राजनीतिक दलका नेताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.