• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश


  •    संवाददाता/ शनिबार, मङि्सर ०१, २०८१  

  • बिर्तामोड नगरपालिका खुदुनाबारीमा जारी चौंथो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    शुक्रबार भएको प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा गौरादह नगरपालिकालाई ५-० गोल अन्तरले पराजित गर्दै बिर्तामोडले सेमिफाइनल यात्रा तय गरेको हो ।

    Advertisement

    बिर्तामोडको जितमा श्याम मुर्मू नायक बने । उनले खेलमा ह्याट्रिक पुरा गरे । मुर्मूले खेलको २१ औं मिनेटमा आशिष चापागाईले प्रहार गरेको फ्रि-किकलाई हेडमार्फत गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

    Advertisement

    उनले पहिलो हाफको अतिरिक्त समयमा दोस्रो गोल गरे । खेलको ४७ औं मिनेटमा थप एक गोल गर्दै मुर्मूले ह्याट्रिक पुरा गरेका थिए ।

    बिर्तामोडका लागि सनम भुजेल र सुजन लिम्बूले थप एक-एक गोलको योगदान दिए । पहिलो हाफको अतिरिक्त समयमा डि-एरिया नजिकैबाट भुजेलले प्रहार गरेको फ्रि-किकले जाली चुमेको थियो । लिम्बूले खेलको ६१ औं मिनेटमा टिमका लागि ५ औं गोल गरेका थिए ।

    अर्जुनधारा-३ को कैदले प्राकृतिक रंगशालामा भएको खेलमा गौरादहले भने स्कोर गर्न नसक्दा ५-० गोलको पराजय भोग्यो । पहिलो हाफमा ३-० गोल अन्तरले पछि परेको गौरादहले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्न नसक्दा थप २ गोल खाएको थियो ।

    हिजोको खेलमा ह्याट्रिक गरेका बिर्तामोडका मुर्मू ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफी पाए । उनलाई बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रतियोगिताका संयोजक सिताराम भट्टराई, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा र नगर खेलकुद विकास समिति अर्जुनधाराका अध्यक्ष सुरेन्द्र धिमालले पुरस्कार प्रदान गरेका थिए ।

    गोल्डकपको आज हुने चौंंथो क्वाटरफाइनल खेलमा दमक नगरपालिका र भद्रपुर नगरपालिकाबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

    गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेका हुन् । गोल्डकपको फाइनल खेल मंसिर ५ गते हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ सय ५५ रुपैयाँसहित ट्रफी र मेडल पाउने छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.