झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलाम रोङ गाउँपालिका वडा नं.३ कोल्बुङ बस्ने अन्दाजी ५५ वर्षीय इन्द्रबहादुर गुरुङ रहेका छन् ।
शुक्रबार साँझ ६:२० बजे मेचीनगर नगरपालिका वडा नं.१० स्थित पूर्वपश्चिम राजमार्गमा चारआलीबाट धुलाबारीतर्फ जाँदै गरेको मे.६ प.३१७९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
Advertisement
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते राईलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउनसाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियोे ।
मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नं.७ बस्ने अन्दाजी ५२ वर्षीय गणेश राजवंशीसमेत घाइते भएका छन् । हात खुट्टा, अनुहार र मुखमा चोट लागेका राजवंशीको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।







