बिर्तामोडमा अवस्थित विराट अर्जुन उपभोक्ता सहकारी संस्थाको अध्यक्ष पदमा पुन: नविन (नवराज) खरेल निर्विरोध निर्वाचित भएका छन् ।
यसअघि तीन कार्यकाल अध्यक्ष रहिसकेका खरेल आगामी चारवर्षे कार्यकालका लागि पुन: निर्वाचित भएका हुन् ।
खरेलको अध्यक्षतामा १४ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक डिल्ली दाहालले जानकारी दिए ।
समितिको उपाध्यक्षमा दिपेश प्रसाईं, सचिवमा लक्ष्मीप्रसाद खरेल, सहसचिवमा ईश्वरीप्रसाद काफ्ले, कोषाध्यक्षमा कृष्णप्रसाद कुइँकेल चयन भएका छन् ।
यसैगरी सञ्चालक समितिको सदस्यहरुमा रुद्रप्रसाद नेपाल, एकराज प्रधान, शारदा सिटौला, खेमबहादुर बस्नेत, राजेश दाहाल, टंकप्रसाद गौतम, मालिकलाल राजवंशी, देवेन्द्र मैनाली र खगेन्द्रप्रसाद चापागाईं सर्वसम्मत चयन भएका छन् ।
झापाको बिर्तामोड-४ मा केन्द्रीय कार्यालय रहेको सहकारीमा एक हजार ४९० जना सदस्य रहेका छन् ।







