एशियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आउँदो महिना आयोजना हुने १९ वर्षमुनिको एशिया कपको लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीको उपकप्तानको जिम्मेवारी अर्जुन कुमाललाई दिइएको छ । प्रमुख प्रशिक्षकको जिम्मेवारी शक्ति गोचनले पाएका छन् भने धिरेन्द्र चन्द सहायक प्रशिक्षकका रूपमा रहेका छन् ।
Advertisement
यसैगरी १९ वर्षमुनिको टोलीमा कप्तान हेमन्त धामी, उपकप्तान अर्जुन कुमालसहित आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमार रहेका छन् ।







