झापाको मेचीनगरमा कारसँग ठोक्किएर घाइते मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहीवार राति ११:३० बजे मेचीनगर नगरपालिका वडा नं.७ टोकला चिया बगानस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट इटाभट्टातर्फ जाँदै गरेको बा ६० प २५३७ नम्बरको मोटरसाइकलले ब्याक गर्दै गरेको बीएए-८६८७ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ७ बस्ने २५ वर्षीय राजमान बि.क.घाइते भएका थिए । उनलाई बीएण्डसी अस्पताल बिर्तामोडमा लगेर उपचार भइरहेकोमा उपचारको क्रममा गएराति ९:२५ बजे मृत्यु भएको हो ।
Advertisement
मोटरसाइकल, कार र कार चालक रामेछाप खाँडादेवी गाउँपालिका वडा नं.४ बस्ने ३४ वर्षीय दिनेश कँडेल इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







