• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

१४१ वर्ष पुरानो प्रेस पत्रकारिता तथा आमसञ्चार विभागमा राखिने


  •    संवाददाता/ बुधबार, कार्तिक २१, २०८१  

  • नेपालको पहिलो आमनिर्वाचन २०१५ को प्रचारप्रसार सामग्री छाप्नका तत्कालीन कम्युनिष्ट नेता राधाप्रसाद घिमिरेले विराटनगर ल्याइएको प्रेस (मुद्रण यन्त्र) त्रिभुवन विश्वविद्यालयले अवलोकनका लागि राखिने भएको छ ।

    स्वर्गीय घिमिरेको परिवारले उपलब्ध गराएपछि विश्वविद्यालयले पत्रकारिता तथा आमसञ्चार विभाग कीर्तिपुरमा मुद्रण यन्त्र प्रदर्शनका लागि राख्ने भएको हो । सन् १८८३ मा लण्डनमा बनेको यो प्रेस विक्रम संवत २०१४ सालमा घिमिरले विराटनगर ल्याएका थिए ।

    Advertisement

    तत्कालीन कम्युनिष्ट नेता तथा पूर्व राज्यमन्त्री घिमिरेले २०१४ सालअघिदेखि नै उनी विराटनगरको रंगेली रोडमा पायोनियर प्रिन्टिङ प्रेस सञ्चालन गर्थे । पायोनियर प्रिन्टिङ प्रेसबाट २०१२ सालमा पूर्वको पहिलो पत्रिका ‘हुरी साप्ताहिक’ छापिएको थियो । २०१४ सालमा भारतको कोलकत्ताबाट प्रेस ल्याएर उनले चुनावी प्रचारप्रसार सामग्री छापेका थिए ।

    Advertisement

    पत्रकारिता र प्रिन्टिङको इतिहास बोकेको १४१ वर्ष पुरानो मुद्रणयन्त्र पूर्वमन्त्री स्व‍र्गीय घिमिरेकी कान्छी बुहारी दुर्गा घिमिरेले त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख कुन्दन अर्याललाई हस्तान्तरण गरेकी हुन् ।

    लामो समयसम्म प्रयोग भएको यो प्रेस नयाँ प्रविधि आएपछि प्रयोगमा थिएन । नेपाली पत्रकारिता र प्रिन्टिङ प्रेसको इतिहास बुझाउनका लागि उपयोगी हुने भन्दै घिमिरे परिवारले प्रेस विश्वविद्यालयलाई हस्तान्त्रण गरेको हो ।

    नेपाल कम्युनिष्ट पार्टीको संस्थापक सदस्य रहेका घिमिरे २०३० सालमा नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषद् गठन हुँदा शिक्षा तथा सञ्चार राज्यमन्त्री बनेका थिए । २०७८ जेठ ९ गते उनको कोरोना संक्रमणबाट निधन भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.