• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

तिहारमा बालबालिकाको मानसिक स्वास्थ्य बलियो बनाउन के गराउने?


  •    डा.अरुण कुमार सिंह/ बिहिबार, कार्तिक १५, २०८१  

  • तिहार नेपालमा मनाइने प्रमुख पर्वमध्ये एक हो, जुन विशेषगरी बालबालिकाका लागि अत्यन्तै रमाइलो हुन्छ । यस पर्वले उज्यालो, रंग र मिठासको अनुभव गराउँछ । तिहारमा बालबालिकाले रमाइलो गर्नुका साथै संस्कृति र परम्पराबारे नयाँ कुरा सिक्छन् । जसले उनीहरुको मानसिक स्वास्थ्य समेत बलियो बनाउँछ । तिहारको पाँच दिनलाई रमाइलो र अर्थपूर्ण बनाउनका बालबालिकाले रमाइलो गर्ने बारे चर्चा गरिएको छन् ।

    घर सजाउने र दीप बाल्ने

    Advertisement

    तिहारमा घर सफा गरी फूल, माला, र दीपले सजाउने परम्परा छ। बालबालिकाले आमा-बाबुसँग मिलेर घर सफा गर्न र आँगनमा फूलमाला राख्न सक्छन् । दीप बाल्ने परम्परामा बालबालिकाको विशेष रुचि हुन्छ । उनीहरूले रंगीन दियोहरू बाली घरभरि राख्न र उज्यालोले भर्न सक्छन् । यसले बालबालिकाले पर्वको महत्त्व बुझ्न पनि मद्दत गर्छ ।

    Advertisement

    रङ्गोली बनाउन सिकाउने

    तिहारमा रङ्गोली बनाउने चलन छ, जुन बालबालिकाको लागि एकदमै रमाइलो हुन्छ । उनीहरूलाई विभिन्न रङहरूको प्रयोग गरेर रङ्गोली बनाउन सिकाउन सकिन्छ । यो उनीहरूको सिर्जनशीलता विकास गर्न मद्दत पुर्याउँछ । बालबालिकाले आफ्नै रङ्गोली बनाउन पाउँदा थप रमाइलो महसुस गर्छन् ।

    देउसी-भैलो खेल्न जानु

    देउसी-भैलो तिहारको एक महत्वपूर्ण परम्परा हो। बालबालिकाले आफ्ना साथीहरूसँग मिलेर गाउँभरि देउसी-भैलो खेल्न जान सक्छन् । देउसीको गीत गाएर, नाचेर र हासखेल गर्दै उनीहरू रमाइलो मात्र गर्दैनन्, संस्कार पनि सिक्छन् । यस क्रममा आर्जित मिठाइ र पैसा उनीहरूको रमाइलो अझ बढाउँछ ।

    मिठाई र परिकार बनाउने

    तिहारमा बनाइने विशेष परिकारहरू जस्तै सेलरोटी, अनरसा, लड्डु आदिलाई बालबालिकाले अत्यन्तै मन पराउँछन् । आमा-बाबुसँगै मिलेर परिकार बनाउन उनीहरूको चासो हुन्छ । उनीहरूलाई परिकार बनाउन सघाउँदा रमाइलो त हुन्छ नै, साथसाथै खाना बनाउने सीप पनि सिक्न सक्छन् ।

    भाइटीकामा सहभागिता

    तिहारको भाइटीकाको दिन विशेष महत्व राख्छ । बालबालिकाहरूलाई आफ्ना भाइबहिनीलाई टीका लगाउने, माला लगाइदिने, र आशीर्वाद दिने संस्कार सिक्न दिइन्छ । यो दिनले उनीहरूलाई पारिवारिक सम्बन्धको महत्त्व बुझ्न मद्दत गर्छ । टीका लगाउने र मिठाइ खाने क्षण बालबालिकाको लागि विशेष रमाइलो हुन्छ ।

    विभिन्न खेल खेल्ने

    तिहारको समयमा बालबालिकाले साथीहरू र परिवारसँग पिङ खेल्ने, फुटबल खेल्ने, कबड्डी जस्ता खेल खेल्दै रमाइलो गर्न सक्छन् । यसले उनीहरूको सामाजिकता र शारीरिक सक्रियता बढाउँछ ।

    पशुपक्षीलाई माया र आदर गर्न सिकाउने

    तिहारमा काग, कुकुर, गाई र गोरुको पूजा गर्ने परम्परा छ । बालबालिकालाई पशुपक्षीप्रति माया र आदर गर्न सिकाउन यो अवसर उत्तम हो । उनीहरूले तिहारको समयमा पशुपक्षीलाई खाना खुवाउने र पूजा गर्ने प्रक्रियाबाट पनि संस्कार सिक्न सक्छन् ।

    तिहार बालबालिकाको लागि रमाइलो मात्र होइन, परम्परा, संस्कृति, र पारिवारिक सम्बन्ध बुझ्ने अवसर पनि हो । घर सजाउने, देउसी-भैलो खेल्ने र भाइटीकामा सहभागी हुने जस्ता कार्यहरूले उनीहरूको पर्वको अनुभवलाई अझै विशेष बनाउँछ । यसैले बालबालिकालाई तिहारको महत्त्व सिकाउँदै उनीहरूको चाड मनाउने तरिकालाई अझै रमाइलो बनाउन परिवारले पनि ध्यान दिनु आवश्यक छ । (बालरोग विशेषज्ञ डा सिंह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एसोसिएट प्रोफेसर हुन्)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.