नेपालका लागि इन्डोनेशियन राजदुत वाह्यु रियादले नागरिकले कुनै पनि समस्यामा भोग्नु नपर्ने बताएका छन् ।
नेपाल भ्रमणमा रहेका इन्डोनेशियन नागरिकसँग झापाको बिर्तामोडमा भेटघाटका क्रममा उनले सो कुरा बताएका हुन् ।
राजदुत रियादले इन्डोनेशियन नागरिकका समस्या र गुनासो सुनेका थिए । उनले भिजा र पासपोर्टमा आएको समस्याको तत्कालै समाधान गरेर नागरिकको मन जितेका थिए ।
इन्डोनेशियन राजदुत रियाद बिर्तामोड-२ का वडाध्यक्ष किशोर पौडेलको पहलमा बिर्तामोड आएका हुन् ।
राजदुत रियादले इन्डोनेसिया नागरिक जो विवाह गरेर नेपालमा आएर बसोबास गरेका छन्, उनीहरुको बसोबास र अवस्थाका बारेमा जानकारी लिएका थिए ।
सो अवसरमा विभिन्न देशबाट आएर नेपालमा बसोबास गर्दै आएका नागरिकको अवस्थाका बारेमा अन्तरक्रिया समेत गरिएको थियो ।
उक्त कार्यक्रमको सहजीकरण बिर्तामोड-२ का वडाध्यक्ष किशोर पौडेलले गरेका थिए ।







