• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पर्यटकको रोजाइमा कन्याम र अन्तु


  •    संवाददाता/ आइतबार, कार्तिक ११, २०८१  

  • पछिल्लो समय इलाममा भारतीय पर्यटक आउन क्रम बढ्न थालेका छ । इलामको कन्याम, अन्तु हुँदै इलाम भएर पर्यटकीयस्थल सन्दकपुरसम्म जाने भारतीय पर्यटकको संख्या बढेको हो ।

    इलाम हुँदै सन्दकपुर कालपोखरी, तुम्लिङ, मेघमा, मानेभञ्ज्याङ, पशुपतिनगरसम्मको क्षेत्रलाई भारतीय पर्यटकले निकै रुचाउने गरेको पाइन्छ । दार्जिलिङ घुम्न जाने र त्यहाँबाट फर्कँदा सीमावत्र्ती बजार पशुपतिनगर निस्कने भारत पश्चिम बङ्गालका पर्यटकको संख्या पनि राम्रै रहेको पशुपतिनगरस्थित पर्यटन सूचना केन्द्रले जनाएको छ ।

    Advertisement

    आफ्नै मोटरसाइकल लिएर इलाम आइपुगेका ३८ भारतीय पर्यटकलाई नेपालकै बाटो हुँदै सन्दकपुर पु¥याएर बिदाइ गरेको इलामस्थित पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी प्रालिका अध्यक्ष गृष्म सुब्बाले बताए ।

    Advertisement

    ‘अहिले इलामबाट पर्यटकीयस्थल माइपोखरी हुँदै सन्दकपुर जाने सडक राम्रो भएको छ । कच्ची सडक भए पनि यात्रा सहज छ’ सुब्बाले भने, ‘यही सडक भएर मोटरसाइकलमार्फत ती पर्यटकलाई सन्दकपुर लगेर बिदा गरिएको छ । अरू भारतीय नागरिक पनि इलामको बाटो भएर सन्दकपुरको यात्रा गर्न सम्पर्कमा आउनुभएको छ ।’

    यसरी सन्दकपुरतर्फको यात्रामा जाने पर्यटकलाई इलामको बिल्याँटेमा रहेको जरवीरे चिया उद्योगको बिक्री केन्द्रले नि:शुल्क चिया खुवाएर स्वागत तथा बिदाइ गर्ने गरेको छ । इलामकै अग्लो अर्थात् ३ हजार ६३६ मिटरको उचाइमा रहेको सन्दकपुरबाट भने कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका हिमालहरू नजिकबाट अवलोकन गर्न सकिन्छ भने बंगलादेशसम्मको तराईको समथर भूभाग अवलोकन गरेर आनन्द लिन सकिन्छ ।

    यस्तै पर्यटकीय क्षेत्र सन्दकपुरमा सूर्योदयको दृश्यावलोकन, चौँरी गाई, भेडा पालनसहित स्थानीय रहनसहन, रेडपाण्डाको वासस्थानको अध्ययन अवलोकन गर्न सकिन्छ ।

    त्यसैगरी पर्यटकको रोजाइमा पर्ने अन्तुमा पनि यतिबेला पर्यटकहरूको भिड बढेको छ । राम्रोसँग मौसम नखुलेको भए पनि अन्तु आएर रमाउने पर्यटकको संख्या भने धेरै रहेको अन्तुस्थित सूर्योदय नगरपालिकाको टिकट काउन्टरका कर्मचारी दिपेन पुलामी मगरले बताएका छन् ।

    दसैँ-तिहार र छठका लागि विद्यालय एकै पटक बिदा रहेकाले लामो विदामा विद्यार्थी बढी आउने गरेको श्रीअन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.