झापाको कमल गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
कमल गाँउपालिका वडा नं.५ रबि पेट्रोल पम्प स्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३४३५ नम्बरको कनकाई माई पाथिभरा बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ केराबारी गाँउपालिका वडा नं.७ का अन्दाजी ५५ वर्षका पदम मुकारुम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानियबासीले आक्रोसित भई उक्त बसलाई ढुङगा, मुडा गरी सिसा तोडफोड गरी आगजनि गर्दा अगाडीको भागमा सामान्य क्षति भएको छ भने तत्काल बैकल्पिक मार्गबाट सवारीसाधन चलिरहेको प्रहरीले जनाएको छ ।
बस चालक गौरादह नगरपालिका वडा नं.१ बस्ने वर्ष ३५ को संजय नेपाली इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।







