झापामा दशैंको अवधिमा ७६ वटा सवारी दुर्घटना भएको छ ।
दुर्घटनामा ६ जना पुरुषसहित एक महिलाले ज्यान गुमाएका हुन् । दुर्घटनामा परी दुई सय पाँच जना घाइते भएको भएको जिल्ला ट्रााफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए ।
घाइते मध्ये एक सय २९ जना समान्य र ७६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
Advertisement
गत असोज १७ गते घटस्थापनाका दिनदेखि असोज ३० गते पूर्णीमाका दिन सम्म उक्त दुर्घटना भएको हो । गत वर्षको तुलनामा सो अवधिमा यस वर्ष दुर्घटना बढेको तथ्याङकले देखाएको छ ।







