झापाबाट एकैदिन १० जना सडक मानवको उद्धार भएको छ ।
झापालगायत देशैभरका जिल्लालाई सहयोगापेक्षी सडक मानवमुक्त गर्ने उद्देश्यले सुरु गरिएको अभियानको पहिलो दिन १० जना सडक मानवको उद्धार गरिएको नेपाल मानव सेवा केन्द्रले जनाएको छ ।
मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त पहलमा उद्धार अभियान सुरु गरिएको हो । उद्धार टोलीले मेचीनगरबाट सडक मानवको उद्धार कार्यको सुरुवात गरेको थियो ।
सडकआश्रित मानवलाई स्वास्थ्य उपचार, संरक्षण र पारिवारिक पुनर्मिलन गराउने उद्धेश्यले उद्धार सुरु गरेको जनाइएको छ । सोमबार एकैदिन झापाका विभिन्न पालिकाबाट १० जना सडक मानवको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।
यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा भन्ने मूल नाराका साथ ३२ दिनसम्म यो अभियान सञ्चालन हुने छ । उद्धार टोलीमा करिव ४० जना परिचालक परिचालित छन् । स्थानीय तहको समन्वयमा सडकआश्रित मानवको उद्धार भइरहेको आश्रमले जनाएको छ ।
आश्रमका अनुसार मेचीनगर नगरपालिकाबाट चार जना, बिर्तामोड नगरपालिकाबाट दुई जना, कन्काई नगरपालिकाबाट दुई जना र शिवसताक्षी नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको हो । उद्धार भएका सडकआश्रित मानवहरुलाई झापाको बाहुण्डाँगीस्थित मानव सेवा केन्द्रमा गृहप्रवेश गराइएको छ ।
शिवसताक्षीबाट उपप्रमुख नरमाया कार्की, गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन कुँवर न्यौपाने, शिवसताक्षी १० नम्बर वडाका अध्यक्ष हर्क सिगुलगायतको टोलीले सडक मानवको उद्धार गरी मानव सेवा आश्रमको टोलीलाई बुझाएको थियो । सडक पेटी, पौवा, मठ मन्दिर, चौतारामा बेवारिसे अवस्थामा बस्दै आएका बेसहारालाई केन्द्रले उद्धार गर्ने गरेको छ । प्रतिदिनबाट







