झापाको बिर्तामोडमा रहेको मेहरमान बहुउद्देश्यीय कभर्ड हलमा भएको बडादशैँ विशेष ब्याडमिन्टन प्रतियोगिताको उपाधि गोपाल थपलिया र सागर खड्काको जोडीले चुमेका छन् ।
बडादशैँ उत्सवका रुपमा हलका सदस्य ब्याडमिन्टन खेलाडीहरुबीच भएको आन्तरिक प्रतियोगितामा थपलिया र खड्का विजेता बनेका हलका अध्यक्ष दिलेन्द्रकुमार कार्कीले जानकारी दिए ।
त्यस्तै, लक्ष्मी सापकोटा र विशाल खड्काको जोडी दोस्रो भयो भने महेन्द्र घिमिरे र निर्मल भट्टराई तथा लक्ष्मी न्यौपाने र लरेन्स विष्टको जोडी तेस्रो भएको छ ।
हलका ८५ जना सदस्यहरुमध्ये ५४ जनाले प्रतियोगितामा सहभागी भएको हलका सचिव तथा प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य मदन खड्काले जानकारी दिए ।
प्रतियोगिताका विजेतालाई हलका संस्थापक लालबहादुर खड्का, झापा जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष कुमार गिरी, सदस्य शैलेन्द्र कुरुङवाङ, अग्रज व्यवसायी तथा समाजसेवी मीनप्रकाश मैनाली लगायतले पुरुस्कार प्रदान गरेका थिए । झापा टुडेबाट







