• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भद्रपुरका विद्यालयमा प्रहरीको पुस्तक पढाई हुने


  •    संवाददाता/ मङ्गलबार, असोज १५, २०८१  

  • स्थानीय तह-प्रहरी-विद्यालय सम्पर्कअन्तर्गत नेपाल प्रहरी, विद्यालय र भद्रपुर नगरपालिकाबिच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालले तयार पारेको “स्थानीय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम पुस्तक-२०८०” लाई विद्यालयको पाठ्यपुस्तकमा समावेश गरी अनिवार्य रूपमा पठनपाठन गराउने त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    Advertisement

    नगर प्रमुख गणेश पोखरेलको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी, सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राई, राष्ट्रिय अनुसन्धान झापाका उप-अनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, नगरपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरूलगायत विद्यालयका प्रधानाध्यापकहरू, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

    Advertisement

    प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने प्रहरी चौकी जलथलका प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले “स्थानीय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम पुस्तक-२०८०” को आवश्यकता, औचित्य र विषयवस्तुमाथि आफ्नो प्रस्तुतीकरण दिएका थिए ।

    कार्यक्रममा नेपाल प्रहरीका तर्फबाट जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी, नगरपालिकाको शिक्षा शाखाका तर्फबाट योगेन्द्र पौडेल, नगरपालिकाका सम्पूर्ण विद्यालयहरूका तर्फबाट भद्रपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक होमनाथ गुरूङले त्रि-पक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेका थिए भने उक्त हस्ताक्षरपत्रको रोहवरमा भद्रपुर नगर प्रमुख पोखरेल तथा झापाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले हस्ताक्षर गरेका छन् ।

    कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, सामाजिक विकास समितिकी संयोजक सीता गुरागाई, प्रहरी प्रमुख मिलन केसी लगायतले शुभकामना मन्तव्य राख्दै असल नागरिक उत्पादनमा पाठ्यपुस्तक प्रभावकारी रहेको धारणा राखेका थिए । यसअघि हल्दिवारी गाउँपालिकाले पनि आफ्ना विद्यालयहरुमा प्रहरीको सो पुस्तक पढाउने सम्झौता गरेको थियो । प्रतिदिन दैनिकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.