दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले ५०-५० हजार धरौटीमा छाड्न आदेश भएको साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए ।
यसअघि प्रसाईंविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौँमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो ।
Advertisement
गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पताल भर्ना थिए । अभियोगमा उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरेको थियो ।







