झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
गएराति अन्दाजी ८:३० बजे बिर्तामोड-१० ठुटेबरमा बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र१-०१-०१२ प ५८९१ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई जोगाउने क्रममा आफै अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड-१० बस्ने २७ वर्षीय अनिस न्यौपाने गम्भीर घाइते भएका थिए ।
टाउको र दुबै खुट्टमा चोट लागेका गम्भीर अबस्थाका न्यौपानेलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारका क्रममा आज दिउँसो २ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका बर्ष अन्दाजी ३८ का टिकाराम राय घाइते भएका छन् । सामान्य अवस्थाका उनको बीएण्डसी अस्पतालमै उपचार भइरहेको छ । मोटरसाइकल अस्थायी प्रहरी चौकी सैनिक बजारको नियन्त्रणमा रहेको छ ।







