• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रोटरी क्लब अफ बिर्तामोडद्वारा दुई छात्रालाई छात्रवृति


  •    संवाददाता/ सोमबार, असोज १४, २०८१  

  • रोटरी क्लब अफ बिर्तामोडले चाइल्ड एजुकेशन स्कलरसीप प्रोग्रामअन्तर्गत दुईजना छात्रालाई एक वर्षका लागि छात्रवृत्ति रकम प्रदान गरेको छ ।

    बिर्तामोड-३ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा सोमवार कार्यक्रम आयोजना गरी रोटरी क्लब अफ बिर्तामोडले महेन्द्ररत्न माविमा अध्ययनरत पुष्पा राजवंशी र बुद्ध आदर्श मावि बुद्धशान्तिमा अध्ययनरत अनिता बास्कोटालाई एक वर्षको छात्रवृत्ति रकम प्रदान गरेको हो ।

    Advertisement

    कक्षा ११ मा साइन्स विषय अध्ययन गर्ने पुष्पालाई २३ हजार ४०० र कमर्स विषय अध्ययन गर्ने अनितालाई १३ हजार ८०० रुपैयाँ प्रदान गरिएको रोटरी क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट सुरेशकुमार अग्रवाल भद्रपुरेले बताए ।

    Advertisement

    रोटरी क्लब अझ बिर्तामोडको १० लाख रुपैयाँको अक्षय कोषबाट जेहेन्दार विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरिएको उनले जानकारी दिए । सोही कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोडका चाइल्ड एजुकेशन कमिटी चियर तथा कंचनजंघा अंग्रेजी स्कुलका संस्थापक गुरुभक्त न्यौपानेले अक्षय कोषका लागि महेन्द्ररत्न माविलाई २ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

    आफ्ना बुवा नन्दलाल न्यौपाने र आमा चन्द्रमाया न्यौपानेको सम्मानमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि सो रकम उपलव्ध गराएको न्यौपानेले बताए । उनले महेन्द्ररत्न माविमा कक्षा ६ देखि अध्ययन गरी कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएर एसईई दिने विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरिने जानकारी दिए ।

    रोटरी क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट सुरेशकुमार अग्रवाल भद्रपुरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका तर्फबाट सर्भिस प्रोजेक्ट डाइरेक्टर सुरेश वंशल, चाइल्ड एजुकेशन कमिटी चियर गुरुभक्त न्यौपाने, डिष्ट्रिक्ट जोइन्ट सेक्रेटरी निकिता गिरीलगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा महेन्द्ररत्न माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंक सेढाई, प्रधानाध्यापक खड्गप्रसाद खरेल, बुद्ध आदर्श माविका लेखापाल देवेन्द्र निरौलाले मन्तव्य राख्दै रोटरीलाई धन्यवाद दिएका थिए ।

    उक्त कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ बिर्तामोडका सेक्रेटरी डा.सन्ध्या राठीले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.