जमुना खोलाले बगाएको दुई दिनपछि झापा कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशी मृत भेटिएकी छन् ।
बगाएको ठाउँदेखि करिव दुई किलोमिटर दक्षिण धानबारीमा केहीबेर अघि उनको शव फेला परेको हो ।
चमरभिट्टा गाउँदेखि करिव पाँच सय मिटर पूर्व नेपाल भारत सीमा नजिक धानवारीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खोजी गर्ने क्रममा यसअघि आज बिहान उनको साइकल भेटिएको थियो ।
Advertisement
कचनकवल गाउँपालिका-१ झकुवाटोली बस्ने पचुँ राजवंशीकी छोरी नेहारिकालाई शुक्रवार दिउँसो जमुना खोलाले बगाएको थियो । भारतमा रहेकी सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमरभिट्टा पुल छेउमा पुगेपछि उनलाई खोलाले बगाएको थियो ।







