करेन्ट लागेर झापाको गौरादहमा तीनजना घाइते भएका छन् ।
घरको नेटको तार बिजुलीको पोलमा टाङ्ने क्रममा अचानक करेन्ट लागेर उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा घरधनी गौरादह नगरपालिका-१ बस्ने ५३ वर्षीय कृष्णप्रसाद सुवेदी, सोही ठाउँ बस्ने लक्ष्मण आचार्यका छोराहरु १८ वर्षीय समिर आचार्य र १६ वर्षीय सबिन आचार्य रहेका छन् ।
Advertisement
उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । आज दिउँसो अन्दाजी १२:३० बजे सुवेदीको घरको नेटको तार बिजुलीको पोलमा टाङ्ने क्रममा उनीहरुलाई अचानक करेन्ट लागेको थियो ।







