आगलागीबाट झापाको हल्दिवारीमा एउटा घर जलेर नष्ट भएको छ ।
गएराति अन्दाजी १:३० बजेको समयमा हल्दिबारी-३ रमाईलो चोक निवासी ताराबल्लब गिरीको काठको घरमा भएको आगलागीबाट घर पूर्ण रुपले जलेर नष्ट भएको हो ।
घरमा भएको अन्नपात, लताकपडा, फर्निचरलगायत नष्ट हुनुका साथै ९ वटा खसी बाख्रा जलेर मरेका छन् भने एउटा बाच्छो घाइते भएको छ ।
Advertisement
भद्रपुर र मेचीनगरबाट आएका दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ४ बजे आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको बताइएको छ । आगलागीको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।







