बिर्तामोड स्थित न्यूटन्स् एजुकेशन एकेडेमीमा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
एकेडेमीका कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच शनिबार स्वागत गरेका हुन् ।
उक्त अवसरमा सांस्कृतिक प्रस्तुतीसहित विभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो ।
Advertisement
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईं, विद्यालयका कोडिनेटर केवल सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शैक्षिक क्षेत्रमा पूर्वकै उत्कृष्ट गन्तव्यका रुपमा स्थापित न्यूटन्स्मा झापासहित पूर्वको साविकका मेची अञ्चलका विभिन्न जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।







