झापाको एक नगरपालिकासहित पाँच पालिकाले सोमबार सार्वजनिक विदा दिएका छन् ।
भद्रपुर नगरपालिका, बाह्रदशी, कचनकवल, झापा र गौरीगञ्ज गाउँपालिकाले भोलि स्थानीय विदा दिएका हुन् ।
मुस्लिम समुदायको पर्वको लागि ती पालिकाले विदा दिएको जनाएका छन् । भोलि इस्लाम धर्मावलम्वीहरुको पैगम्बर हजरत महमद मुख्ताफ सल्लल्लाहो अलौही वासल्लमको १४५३ औ जन्मजयन्ती परेको छ ।
भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाँई, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया र कचनकवल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले छुट्टाछुट्टै सूचना जारी गरी भोलि आफ्ना पालिका कार्यालय, मातहतका शाखा, वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरु बन्द रहने जनाएका छन् ।







