• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा सात वटा योजनाको एकसाथ शिलान्यास


  •    संवाददाता/ बिहिबार, भदौ २०, २०८१  

  • बिर्तामोड नगरपालिकाले बिहीवार सात वटा योजनाको एकसाथ शिलान्यास गरेको छ ।

    महिलाले नेतृत्व गरेका देशभरका १३ वटा स्थानीय तहलाई नमुना शहरअन्तर्गत पूर्वाधार निर्माणका लागि शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराएको छ । सोही बजेट बिर्तामोडका सात वटा योजनामा खर्च हुने भएको हो ।

    Advertisement

    ६ वटा कालोपत्रे सडक र एउटा सामुदायिक भवन निर्माण हुने भएको छ । सो बजेटबाट एभरेष्ट स्कुल हुँदै हरिहर आश्रमदेखि मियावारी बिर्ताबजारसम्म १२४० मिटर, करेलावारी माधव न्यौपानेको घर हुँदै वडा नं १० को विराट आधारभूत स्कुल जोड्ने सडक १३०० मिटर, पूर्वपश्चिम राजमार्ग उत्तर अतिथि सदन हुँदै मनकुमार गौतमको घर अर्जुनधारा नगरपालिकाको सिमाना जोड्ने सडक ९०० मिटर,सांगवेद खादोसरी मार्ग हुँदै पूर्व गौरव पेट्रोल पम्पबाट दक्षिण बानालाल मार्गसम्म ९४० मिटर कालोपत्रे बाटो निर्माण हुने भएको हो ।

    Advertisement

    गरामनी त्रिवेणी चौकबाट कटहरवारी हुँदै हल्दिवारीसम्म १२३७ मिटर, पञ्चकन्या धर्मकाँटा उत्तर सिर्जना इन्दिरा खवासको घर हुँदै अर्जुनधारासम्म १२०० मिटर कालोपत्रे बाटो निर्माण हुने भएको हो । त्यस्तै हरियाली सामुदायिक वन पार्कको निर्माण हुने भएको छ ।

    बिर्तामोडमा महिला मेयर भएको हुनाले नमुना शहर निर्माणको लागि बजेट प्राप्त भएको नगर प्रमुख पवित्रा महतारा प्रसाईंले जानकारी दिइन् । बिर्तामोडमा अन्य स्थानीय तहको भन्दा धेरै सडक भएकाले एकै पटक सबै आयोजना निर्माण गर्न नसकिएको उनले बताइन् । उनले क्रमैसँग निर्माणको कामलाई अघि बढाइने जानकारी दिइन् ।

    सात वटै योजनाको एकीकृत रुपमा ठेक्का दिइएको छ । शान्ति उद्धेश्य निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ । निर्माण कम्पनीका प्रोप्राइटर नयन बरालले समयमा र गुणस्तरीय काम गर्ने प्रतिबद्वता जनाए । एक वर्ष आठ अवधिमा निर्माण सम्पन्न गर्नुपर्ने गरि सडक ठेक्का लागेको हो । समयमा बजेट उपलब्ध भए ६ महिनामा निर्माण सम्पन्न गर्ने प्रतिबद्वता उनले जनाएका छन् ।

    शहरी विकास कार्यालयका इन्जिनियर सुरेशकुमार चौधरीका अनुसार भ्याटबाहेक ६ करोड ३१ लाखको लागतमा निर्माणको लागि ठेक्का लागेको छ । १३ करोड बजेट रहेकोमा शान्ति उद्धेश्य निर्माण सेवाले ३५ प्रतिशत घटीमा ठेक्का लिएको हो ।

    बिर्तामोड-७ का वडाध्यक्ष अविरल कृष्ण खरेलको अध्यक्षता तथा नगर प्रमुख प्रसाईंको प्रमुख आतिथ्यमा भएको शिलान्यास कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौल, नेकपा एमालेका बिर्तामोड अध्यक्ष सुवास भट्टराई, निर्माण व्यवसायी नयन बराल, इन्जिनियर सुरेशकुमार चौधरीले आ-आफना धारणा राखेका थिए ।

    उक्त कार्यक्रमको सञ्चालन घनश्याम भण्डारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.