साविक विजेता भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेश २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको दोस्रो सेमिफाइनलमा बङ्गलादेशले भारतलाई पेनाल्टी शुटआउटमा ४-३ ले हराएको हो । निर्धारित ९० मिनेटको समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।
अब बङ्गलादेशले उपाधिका लागि बुधवार नेपालसँग खेल्नेछ । आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई हराउँदै नेपाल फाइलनमा पुगेको थियो । फाइनल खेल काठमाडौँको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो ।
Advertisement







