• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडलाई स्तब्ध पार्दै सलहेश क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा


  •    संवाददाता/ शनिबार, भदौ ०८, २०८१  

  • उपाधिको दाबेदार मानिएको टोली बिर्तामोड युनाइटेड एफसी झापालाई रोक्दै सिरहाको सलहेश युवा क्लब ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

    आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा बिर्तामोडलाई ४-२ गोलअन्तरमा पराजित गरेर सिरहा फाइनलमा प्रवेश गरेको हो ।

    Advertisement

    खेलको निर्धारित ९० मिनेट र अतिरिक्त १५ मिनेटमा पनि दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । खेलको १८औँ मिनेटमा सिरहाका लागि जोन ग्लोरीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, आफ्नै टोलीका सदस्य सेवेले आत्मघाती गोलको उपहार दिएपछि झापा बराबरीमा आएको थियो । खेलको ५६औँ मिनेटमा सेवेले आफ्नै पेनाल्टी एरियामा हेड फ्लिक गर्दा झापा खेलमा फर्किएको थियो । १०५ मिनेटमा पनि खेलको निर्णय हुन नसकेपछि टाइब्रेकरमा धकेलिएको हो ।

    Advertisement

    खेलको म्यान अफ द म्याच सिरहाका गोलरक्षक प्रदिप भण्डारी भए । उनले नगद ५ हजार पाए । योसँगै फाइनलका लागि सिराहाले मोरङको सगरमाथा युथ क्लबसँग भेट पक्का गरेको छ ।

    पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङको संघर्ष स्पोर्टिङ युवा क्लबलाई २-१ गोलले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो । भदौ १० गते हुने फाइनलको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.