झापा । बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतारा प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँलाई हिजो संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
नगरप्रमुख धु्रवकुमार शिवाकोटी मंसिर ६ गते नगर प्रमुख शिवाकोटीलाई संक्रमणभएपछि उपप्रमुख प्रसाई होम आइसोलेसनमा बस्नुभएको थियो । होम आइसोलेसनमा बसेको ५ दिनपछि पिसिआर परीक्षण गर्दा उनलाई पोजिटिभ देखिएको हो ।
उहाँलाई ज्वरो आउने, टाउको र घाटी दुख्ने जस्ता लक्षण देखिएको श्रीमान् ज्ञानुराम प्रसाईले बताउनुभयो। अहिले प्रसाई आइसोलेसनमै बस्नुभएको छ । उहाँसँगै नगरपालिकाका दुई जना गाडी चालक लाई पनि कोरोना पोजेटिभ देखिएको छ । हिजो बिर्तामोडमा एक स्वास्थ्यकर्मीसहित १० महिला र १३ पुरुष गरी २३ जनालाई संक्रमण पुष्टि भएको थियो ।
Advertisement







