• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कन्डक्टरले चलाएको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


  •    संवाददाता/ मङ्गलबार, साउन ०१, २०८१  

  • झापामा कन्डक्टरले चलाएको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    सोमबार साँझ अन्दाजी ७:०० बजेको समयमा कन्काई नगरपालिका वडा नं.२ पवित्रा पेट्रोल पम्पनजिक पूर्वपश्चिम राजमार्गमा धरानबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङगातर्फ जाँदै गरेको को १९ प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कमल गाउँपालिका वडा नं.५ बस्ने बर्ष अन्दाजी ४१ का लक्ष्मीप्रसाद सुब्बाको मृत्यु भएको हो । तत्काल नाम, थर, वतन नखुलेका घाइतेलाई बीएण्डसी हस्पिटल ल्याइएकोमा राति ८:०० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

    Advertisement

    धरानबाट काँकडभिट्टातर्फ आउने क्रममा सो बसले दिउँसो ४:३० बजे बेलवारीमा अर्को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसले मोटरसाइकल चालकलाई सामान्य ठक्कर दिई सवारी दुर्घटना हुँदा बस चालक ईलाम माई नगरपालिका वडा नं.८ बस्ने अन्दाजी बर्ष २२ का सागर थुलुङ राई सोही स्थानमा झरी घाइते पक्षसँग छलफल गर्न बसेका थिए । सोही स्थानबाट बसका कन्डक्टर शिवसताक्षी नगरपालिका वडा नं.६ बस्ने बर्ष अन्दाजी २७ का पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको थियो ।

    Advertisement

    दुर्घटना गराउने सिटौला फरार रहेका छन् । फरार रहेका बसका चालक राई र सह-चालक विराटनगर महानगरपालिका वडा नं.२ बस्ने बर्ष अन्दाजी १९ का दिपेश दर्जीलाई भने इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.