झापाको गौरादह-१ सितापुरीस्थित पाडाजुँगी-गौरीगंज सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहानको राति १ बजे सितापुरीस्थित पाडाजुँगी-गौरीगंज सडकखण्डमा पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु.९ प.१२७१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको पूर्व दिशामा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार भारत झारखण्ड जिल्ला गोडा स्थायी ठेगाना भई पाहुना आएका ४१ वर्षीय कमल ठाकुरको मृत्यु भएको हो । टाउकोमा चोट लागेर ठाकुरलाई निम्स अस्पताल दमकमा ल्याई उपचार भइरहेकोमा चिकित्सकले बिहान २:३० बजे मृतक घोषणा गरेका थिए ।
Advertisement
मोटरसाइकल चालक गौरादह-१ बस्ने ३३ वर्षीय गोपाल ठाकुरलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । चालकले मादक पदार्थ सेवन गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







