रतुवा खोलामा आएको बाढीका कारण गौरादहका २५ घर डुबानमा परेका छन् ।
आज दिउँसो १:३० बजेको समयमा जिल्ला गौरादह नगरपालिका-६ स्थित रतुवा खोलामा पानीको बहाव बढेर टंगुवा टोलमा रहेको ताजपुरीया बस्तीमा पस्दा २५ घर डुबानमा परेका हुन् ।
घरमा पानी पसेर सामान्य क्षति पु¥याएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मानिसहरु बिस्थापित हुने अवस्था तत्काल नरहेको र खोलामा पानीको बहाव घट्ने क्रममा रहेको प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।
त्यस्तै बिहानदेखि परेको अविल बर्षाका कारण मेची खोलामा आएको बाढीले कटान गर्दा हात्ती छेक्न लगाएको तीन वटा पिलरसहित फेन्सिङ तार बगाएको छ । मेचीनगर नगरपालिका-१ र ४ को सिमाना प्रसाद गौडामा बाढीले कटान गर्दा पिलरसहित फेन्सिङ तारसमेत बगाउँदा अन्दाजी एक लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।







