झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।
शुक्रवार साँझ ७:३० बजेको समयमा कमल-५ सावित्रा चोकस्थित पूर्वपश्चिम लोकमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको प्र.१-०१-०१४ प ८९१४ नम्बरको मोटरसाईकले बाटो क्रस गर्दै गरेको कुकुरलाई ठक्कर दिई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका वडा नम्बर २ बस्ने २६ वर्षीय पदमबहादुर पौडेल र पछाडी सवार सोही ठाउँ बस्ने ४० वर्षीय नबिन आचार्य घाइते भएका थिए । दुवैलाई दमकस्थित निम्स अस्पतालमा प्रारम्भिक उपचार गरी बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा हिजो दिउँसो ४ बजे आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







