झापाको मेचीनगरमा हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
मेचीनगर नगरपालिका वडा नं.१२ प्रगति पाथिभरा टाेलकी भिमा राई हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी हुन् ।
घर नजिकै रहेको आफ्नो पसल बन्द गरेर घर फर्किदै गरेकी अन्दाजी बर्ष ५२ की राईलाई शनिबार बेलुकी ९:२० बजे हात्तीले आक्रमण गरी शक्त घाइते बनाएको छिमेकी प्रकाश बरालले जानकारी दिए ।
Advertisement
उनको हाल बिएण्डसी हस्पिटल बिर्तामाेडमा उपचार भइरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







